(Saturday, 23 March, 2019)



मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

विविधतायुक्त नेपाली समाजमा कसैले मकर संक्रान्तिको रुपमा र कसैले माघी पर्वको रुपमा मनाउने चलन छ । थारु समुदायले मुख्य पर्वको रुपमा माघीलाई धुमधामसंग मनाउने प्रचलन छ । मगर समुदायले पनि माघीलाई निकै महत्वका साथ मनाउँदै आएका छन् । यी दुई समुदायबाहेक अरु समुदायले  मकर संक्रान्तिको रुपमा मनाउँदै आएका छन् । सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा माघी पर्वले बन्धुत्व, एकता, सद्भाव र सहिष्णुता कायम गर्न सघाउ पु¥याउँदै आएको मैले विश्वास लिएको छु ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जाति र समुदायको उत्थान र विकासको लागि ढोका खोलेको छ । अल्पसंख्यक, आदिवासी, जनजाति र पछाडि पारिएका जाति तथा समुदायको उत्थानका लागि संवैधानिक रुपमै आयोग गठन गर्ने व्यवस्था गरेर सबैप्रति सम्मान व्यक्त गरेको छ । लोकतन्त्रलाई नागरिकको जीवनपद्दती बनाउन खोजिएको छ ।

 तीन तहको चुनाव सम्पन्न भएपछि मुलुक संविधान कार्यान्वयनको दिशामा अघि बढेको छ । संविधानको कार्यान्वयन हुँदै जादा सबै समुदाय, वर्ग र जातिले व्यवहारिक रुपमा प्राप्त अधिकारको उपभोग गर्दै जानेछन् । अहिले मुलुक संविधान कार्यान्वयन गर्दै समृद्ध नेपाल, सुखी नेपाली बनाउने दिशामा अघि बढेको छ । विकास र समृद्धिको बाटोबाट न्यायपूर्ण र समतामुलक समाज निर्माणका लागि हामी अग्रसर छौं । समृद्ध नेपाल,सुखी नेपालीको लक्ष्यमा पुग्न प्रदेश सरकार योजनाबद्ध विकासको बाटोमा अघि बढेको छ । त्यसका लागि हामीले समृद्ध प्रदेश,खुसी जनताको लक्ष्य लिएर योजनाबद्ध विकासको दिशामा अघि बढेका छौं । त्यही शिलशिलामा यो प्रदेशका सबै राजनैतिक दल, समुदाय,संघ संस्था र आम नागरिकमा सहयोगको हार्दिक अपिल गर्दछु ।

अन्त्यमा, मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।


शंकर पोखरेल
मुख्यमन्त्री

मिति २०७५ माघ १