देश विकासका लागि दूरदर्शी नेतृत्व, बलियो राजनीतिक शक्ति र राजनीतिक स्थायित्व प्रमुख शर्त हुन् । तर, २०७९ मङ्सिरमा सम्पन्न आम निर्वाचनले यि  चिज दिन सकेन । राजनीतिक अस्थिरता अझ बढायो । जसका कारण कुनै स्पष्ट दृष्टिकोण, गन्तव्य, योजना र कार्यक्रम होइन, फरक फरक विचारको महागठबन्धनले देशको नेतृत्व गर्ने अवस्था बन्यो । अहिले देश आर्थिक, सामाजिक र साँस्कृतिक चौतर्फी सङ्कटबाट गुज्रिरहेको छ । यसै कारण जनतामा राजनीतिप्रति वितृष्णा र भविष्यप्रति चरम निरासा बढ्दै गएको छ । जनतामा देखिएको यो वितृष्णा र निरासालाई आशामा बदल्नु जरूरी छ । देश निर्माणको स्पष्ट दृष्टिकोण, योजना र गन्तव्य हामीसँग छ भन्ने कुरालाई जनतासामु पुर्याई उज्ज्वल भविष्यप्रति आशा जगाउनु हाम्रो अहिलेको कर्तव्य हो । नेकपा (एमाले) मुलुकमा राजनीतिक अस्थिरता सिर्जना हुने कुनै पनि कदमका पक्षमा छैन । यतिबेला हाम्रो पार्टी २०८४ को आम निर्वाचनलाई लक्ष्य बनाई समग्र काम अगाडि बढाइरहेको छ । देश निर्माणका लागि स्पष्ट बहुमतको सरकार बनाउनु आवश्यक छ, त्यसका लागि नेकपा (एमाले) लाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नुपरेको छ । म सबै बामपन्थी तथा देशभक्त जनसमुदायलाई नेकपा (एमाले) को छातामुनि गोलबन्द भई देश निर्माणको अभियानमा सरिक हुन अनुरोध गर्दछु । नेकपा (एमाले) को ‘मिसन२०८४, मिसन५१प्रतिशतसफल पारी ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा जुट्न अपिल गर्दछु ।