शंकर पोखरेल

महासचिव, नेकपा एमाले

मेरो तर्फबाट

शंकर पोखरेल

महासचिव, नेकपा एमाले

देश विकासका लागि दूरदर्शी नेतृत्व, बलियो राजनीतिक शक्ति र राजनीतिक स्थायित्व प्रमुख शर्त हुन् । तर, २०७९ मङ्सिरमा सम्पन्न आम निर्वाचनले यि  चिज दिन सकेन । राजनीतिक अस्थिरता अझ बढायो । जसका कारण कुनै स्पष्ट दृष्टिकोण, गन्तव्य, योजना र कार्यक्रम होइन, फरक फरक विचारको महागठबन्धनले देशको नेतृत्व गर्ने अवस्था बन्यो । अहिले देश आर्थिक, सामाजिक र साँस्कृतिक चौतर्फी सङ्कटबाट गुज्रिरहेको छ । यसै कारण जनतामा राजनीतिप्रति वितृष्णा र भविष्यप्रति चरम निरासा बढ्दै गएको छ । जनतामा देखिएको यो वितृष्णा र निरासालाई आशामा बदल्नु जरूरी छ । देश निर्माणको स्पष्ट दृष्टिकोण, योजना र गन्तव्य हामीसँग छ भन्ने कुरालाई जनतासामु पुर्याई उज्ज्वल भविष्यप्रति आशा जगाउनु हाम्रो अहिलेको कर्तव्य हो । नेकपा (एमाले) मुलुकमा राजनीतिक अस्थिरता सिर्जना हुने कुनै पनि कदमका पक्षमा छैन । यतिबेला हाम्रो पार्टी २०८४ को आम निर्वाचनलाई लक्ष्य बनाई समग्र काम अगाडि बढाइरहेको छ । देश निर्माणका लागि स्पष्ट बहुमतको सरकार बनाउनु आवश्यक छ, त्यसका लागि नेकपा (एमाले) लाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नुपरेको छ । म सबै बामपन्थी तथा देशभक्त जनसमुदायलाई नेकपा (एमाले) को छातामुनि गोलबन्द भई देश निर्माणको अभियानमा सरिक हुन अनुरोध गर्दछु । नेकपा (एमाले) को ‘मिसन–२०८४, मिसन–५१प्रतिशत’ सफल पारी ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा जुट्न अपिल गर्दछु । 

समाचार

असोज ७, २०८३

सुधारसहितको एकताः एमाले पुनर्जागरणको बाटो

आम निर्वाचनपछि नेकपा (एमाले)ले प्राप्त गरेको परिणाम पार्टी जीवनका लागि अकल्पनीय र पीडाजनक थियो । निर्वाचनअघि प्रदेश कमिटीका अगुवा कमरेडहरूबाट प्राप्त रिपोर्टहरू उत्साहजनक थिए । तर मतपेटिका खुल्दै जाँदा परिणाम अपेक्षाभन्दा पूर्णतः फरक आयो । त्यसपछि पार्टीले गम्भीरतापूर्वक...

भदौ २३, २०८३

‘एमाले फेरि जनताबीच स्थापित हुनेछ’

लालगढ, धनुषा । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी फेरि जनताका बीच सुदृढ भएर उभिने बताउनुभएको छ । धनुषाको लालगढमा नेकपा (एमाले) मधेस प्रदेश कमिटीले आयोजना गरेको ‘मिशन पार्टी जागरण अभियान’को अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले...

भदौ ११, २०८३

महासचिव पोखरेल नेतृत्वको उच्चस्तरीय टोलीद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले स्थानीय बासिन्दाहरुले बनाएको योजना अनुसार एमालेका नेता तथा कार्यकर्ताहरु उद्धार, राहत, पुनःनिर्माण तथा पुनस्र्थापनाको काममा खटिने बताउनुभएको छ । आज बाढी प्रभावित क्षेत्र नुवाकोटका विभिन्न ठाउँमा स्थलगत निरीक्षणपछ...

मेरा विचार

असोज ७, २०८३

सुधारसहितको एकताः एमाले पुनर्जागरणको बाटो

आम निर्वाचनपछि नेकपा (एमाले)ले प्राप्त गरेको परिणाम पार्टी जीवनका लागि अकल्पनीय र पीडाजनक थियो । निर्वाचनअघि प्रदेश कमिटीका अगुवा कमरेडहरूबाट प्राप्त रिपोर्टहरू उत्साहजनक थिए । तर मतपेटिका खुल्दै जाँदा परिणाम अपेक्षाभन्दा पूर्णतः फरक आयो । त्यसपछि पार्टीले गम्भीरतापूर्वक...

बैशाख २९, २०८१

पूर्वाधार निर्माणमा राष्ट्रिय दृष्टिकोण जरुरी

योजनाबद्ध विकासका लागि योजना आयोगको भूमिका महत्वपूर्ण रहन्छ । तर, आवधिक योजना बनाउने सन्दर्भमा नेपालको राजनीतिक तथा प्रशासनिक संरचना अस्थिर प्रकृतिको छ । राष्ट्रिय योजना आयोगमा बस्ने स्थायी संरचना सबभन्दा अस्थिर छ । त्यहाँ जाने र त्यहाँ रहेका कर्मचारीले आफूलाई फाजिलमा र...

चैत १, २०८०

'नेपालमा पनि अमेरिका, बेलायत जस्तै दुई धारका दुई बलिया पार्टी हुनुपर्छ'

नेकपा एमालेका महासचिव शंकर पोखरेल वैचारिक हिसाबले तुलनात्मक रूपमा प्रखर नेता मानिन्छन्।कुनै बेला मदन भण्डारीसँग नजिक रहेर काम गरेका पोखरेल भण्डारीले सुरू गरेको जनताको बहुदलीय जनवादको राम्रो व्याख्याता समेत मानिन्छन्। २०७८ मंसिरमा चितवनमा भएको एमालेको दसौं महाधिवे...

सञ्चार

‘०८४ मा कांग्रेस र एमालेले कसैसँग चुनावी गठबन्धन गर्दैनन्’

२१ असार, काठमाडौं । दुई ठूला दल कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमति कार्यान्वयन हुनेमा धेरैको आशंका छ । उनीहरूका अनुसार सहमति अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री त बन्न सक्छन्, तर धेरै समय …

‘भारतबाट फर्केर प्रचण्डजीले कांग्रेससँग सहकार्यको प्रस्ताव गरेपछि हामी आफैं अघि बढ्यौं’

दुई ठूला दल कांग्रेस र एमालेले प्रतिनिधिसभाको बााकी कार्यकालभित्र आलोपालो सरकारको नेतृत्व गर्ने गरी सत्ता सहयात्राको सहमति जुटाएपछि मुलुकमा नयाँ राजनीतिक परिदृश्य देखा परेको छ । संविधान संशोधनको उद्देश्यसहित बनेको यस गठबन्धनले मुलुकलाई राजनीतिक स्थिरता दिने र आर्थिक...

नेम्वाङको निधन अपत्यारिलो र आकस्मिक : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले सुवासचन्द्र नेम्वाङको निधन अपत्यारिलो र आकस्मिक भएको बताएका छन् । ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज एमाले सम्पर्क समन्वय कमिटीले आयोजना गरेको एमाले उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको शोकस...

भिडियो ग्यालरी

महत्वपुर्ण लिंकहरु