शंकर पोखरेल

महासचिव, नेकपा एमाले

मेरो तर्फबाट

शंकर पोखरेल

महासचिव, नेकपा एमाले

देश विकासका लागि दूरदर्शी नेतृत्व, बलियो राजनीतिक शक्ति र राजनीतिक स्थायित्व प्रमुख शर्त हुन् । तर, २०७९ मङ्सिरमा सम्पन्न आम निर्वाचनले यि  चिज दिन सकेन । राजनीतिक अस्थिरता अझ बढायो । जसका कारण कुनै स्पष्ट दृष्टिकोण, गन्तव्य, योजना र कार्यक्रम होइन, फरक फरक विचारको महागठबन्धनले देशको नेतृत्व गर्ने अवस्था बन्यो । अहिले देश आर्थिक, सामाजिक र साँस्कृतिक चौतर्फी सङ्कटबाट गुज्रिरहेको छ । यसै कारण जनतामा राजनीतिप्रति वितृष्णा र भविष्यप्रति चरम निरासा बढ्दै गएको छ । जनतामा देखिएको यो वितृष्णा र निरासालाई आशामा बदल्नु जरूरी छ । देश निर्माणको स्पष्ट दृष्टिकोण, योजना र गन्तव्य हामीसँग छ भन्ने कुरालाई जनतासामु पुर्याई उज्ज्वल भविष्यप्रति आशा जगाउनु हाम्रो अहिलेको कर्तव्य हो । नेकपा (एमाले) मुलुकमा राजनीतिक अस्थिरता सिर्जना हुने कुनै पनि कदमका पक्षमा छैन । यतिबेला हाम्रो पार्टी २०८४ को आम निर्वाचनलाई लक्ष्य बनाई समग्र काम अगाडि बढाइरहेको छ । देश निर्माणका लागि स्पष्ट बहुमतको सरकार बनाउनु आवश्यक छ, त्यसका लागि नेकपा (एमाले) लाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नुपरेको छ । म सबै बामपन्थी तथा देशभक्त जनसमुदायलाई नेकपा (एमाले) को छातामुनि गोलबन्द भई देश निर्माणको अभियानमा सरिक हुन अनुरोध गर्दछु । नेकपा (एमाले) को ‘मिसन–२०८४, मिसन–५१प्रतिशत’ सफल पारी ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा जुट्न अपिल गर्दछु । 

समाचार

बैशाख २८, २०८१

'सक्षम, इमान्दार र अनुशासित नेतृत्व छान्न आग्रह'

तनहुँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टी समाज परिवर्तन र देश निर्माणको सङ्कल्प बोकेर अगाडि बढेको बताउनुभएको छ। आज नेकपा (एमाले) तनहुँ जिल्ला कमिटीको दशौँ अधिवेशनको उद्घाटन गर्दै महासचिव पोखरेलले यो अभिभारा पुरा गर्न पार्टीका नेताकार्यकर्ता सक्रियता...

बैशाख २५, २०८१

'सरकारविरूद्धका षडयन्त्र चिर्न सांसदहरूको पहल सकारात्मक'

ताप्लेजुङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकार परिवर्तन गर्न अनेक  षडयन्त्रहरू भइरहेको र त्यसको प्रतिरोधमा सांसदहरू नै उत्रिएर पहल लिन थालेको बताउनुभएको छ । आज ताप्लेजुङमा प्रेस चौतारी, नेपालले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सरक...

बैशाख १९, २०८१

‘श्रमिकहरू अब विद्रोही होइन, राष्ट्र निर्माता, राज्यका सहयोगी’

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले हिजोको श्रम सम्बन्धको अवस्था र आजको अवस्थामा आकाश जमिनको फरक रहेको बताउनुभएको छ । पेशागत महासंघ नेपाल, राष्ट्रिय समितिले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुधबार काठमाडौंंमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव ...

मेरा विचार

चैत १, २०८०

'नेपालमा पनि अमेरिका, बेलायत जस्तै दुई धारका दुई बलिया पार्टी हुनुपर्छ'

नेकपा एमालेका महासचिव शंकर पोखरेल वैचारिक हिसाबले तुलनात्मक रूपमा प्रखर नेता मानिन्छन्।कुनै बेला मदन भण्डारीसँग नजिक रहेर काम गरेका पोखरेल भण्डारीले सुरू गरेको जनताको बहुदलीय जनवादको राम्रो व्याख्याता समेत मानिन्छन्। २०७८ मंसिरमा चितवनमा भएको एमालेको दसौं महाधिवे...

पुस ६, २०८०

सिङ्गो मध्यपहाडलाई गुल्जार बनाउनु जरूरी छ

झुलाघाटदेखि चिवाभन्ज्याङसम्मको यात्राको अवधि १८ दिनको रह्यो । बैतडीको झुलाघाटबाट मंसिर १४ गते सुरु हुने यो यात्राको लागि धनगढीबाट सुरू भएको यात्रा समग्रमा २० दिनको रह्यो । यात्रामा हामीले ३० वटा जिल्लामा विभिन्न प्रकारका गतिविधिहरू सञ्चालन गयौँ । मध्यपहाडी राजमार्गको ...

साउन ११, २०८०

‘माओवादी बाहेकका दलहरू सरकार बनाउन एमालेको सहयोग माग्न आए गम्भीरतापूर्वक सोच्छौं’

"विशेषगरी माओवादी केन्द्रले धोका दिएर बीचमा अगाडि बढेको अवस्थामा बाँकी रहेका दलहरूमध्ये चाहिं सरकार निर्माण गर्ने सामर्थ्य सहित नेकपा एमालेको सहयोग माग्न आए भने के गर्ने ? त्यस्तो अवस्थामा नेकपा एमालेले गम्भीरतापूर्वक मुलुकको हितको पक्षमा छलफल, बहस गर्छ र निष्कर्ष निकाल्छ...

सञ्चार

नेम्वाङको निधन अपत्यारिलो र आकस्मिक : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले सुवासचन्द्र नेम्वाङको निधन अपत्यारिलो र आकस्मिक भएको बताएका छन् । ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज एमाले सम्पर्क समन्वय कमिटीले आयोजना गरेको एमाले उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको शोकस...

महासचिव पोखरेलको नेतृत्वमा एमालेको २२ सदस्यीय टोली चीन प्रस्थान

महासचिव शंकर पोखरेलको नेतृत्वमा नेकपा एमालेका २२ सदस्यीय प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको छ।

अब त अति भयो, अझै कति सहनुपर्ने हो–महासचिव पोखरेल

दाङ, भदौ ५ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कोशी प्रदेशमा सत्ता गठबन्धनले विश्वासको मत लिने सन्दर्भमा संविधानको उल्लंघन गरेर हुर्मत लिने काम गरेको बताएका छन् । उनले सभामुखको आशनमा रहेको व्यक्तिले मतदानको प्रकृया सुरु गरेर अध्यक्षताको आसन परिवर्तन गर्ने र मतदान गर्...

भिडियो ग्यालरी

महत्वपुर्ण लिंकहरु