दाङ, कार्तिक २४ । मौलिक जरोकिलो पार्टीको तर्फबाट दाङ निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभा उम्मेदवार रामचन्द्र खड्का र नेपाली राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट दाङ निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णवीर नेपाली नेकपा एमालेमा समाहित हुनु भएको छ ।

विहीवार छुट्टा छुट्टै विज्ञप्ति जारी गरी उम्मेदवार रामचन्द्र खड्काले पार्टी परित्याग गर्दै उम्मेदवारी निष्कृय गरेर एमालेका महासचिव एवं दाङ निर्वाचन क्षेत्र नं.२ प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर पोख्रेललाई समर्थन गर्नुभएको हो । यस्तै कृष्णवीर नेपालीले पनि आफ्नो उम्मेदवारी निष्कृय गर्दै पार्टी परित्याग गरेर एमालेमा समाहित भएको घोषणा गर्नुभयो । दुवैजना उम्मेदवारहरुलाई एमाले महासचिव पोख्रेलले स्वागत गर्नुभयो ।

नेपालीले दाङ निर्वाचन क्षेत्र नं। ३ का एमालेतर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार कोमल ओलीलाई समर्थन गरेको घोषणा गर्नुभएको छ । दुवैजनाले उम्मेदवारी निस्कृय पार्दै एमालेमा समाहित भएको र देश र जनताका पक्षमा एमालेलेमात्रै भुमिका खेल्न सक्ने भन्दै सबैलाई एमालेका उम्मेदवारलाई मतदान गर्न अपील समेत गर्नुभयो । दुवैै जनालाई एमाले महासचिव पोख्रेलले पार्टीमा समाहित भएको बधाई ज्ञापन गर्नुभयो ।


http://mechikalionline.com/politics/2022-11-10-1726

महत्वपुर्ण लिंकहरु