'एमाले बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित नभइकन देश निर्माणको राष्ट्रिय आकंक्षा पूरा हुन सक्दैन । मुलुकलाई अघि बढाउन नेकपा एमालेलाई बलियो राष्ट्रिय शक्तिका रुपमा विकसित गर्न जरुरी छ'
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरतालाई अन्त्य नगरी दिगो विकासको आधारशीला तयार गर्न नसकिने बताएका छन् । यसका लागि एमालेलाई बलियो राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्नुपर्ने उनको तर्क थियो । आइतबार लोकतान्त्रिक आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यस्तै उनले मुलुकमा राजनीतिक अस्थिरतालाई अन्त्य गर्न नेकपा एमालेलाई देशको बलियो राष्ट्रिय शक्ति बनाउनुपर्ने बताए ।
एमाले बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित नभइकन देश निर्माणको राष्ट्रिय आकंक्षा पूरा हुन नसक्ने नेता पोखरेलको दाबी छ । महासचिव पोखरेलले नेपाली कांग्रेससहितको सत्ता गठबन्धन हुँदा मुलुकमा अवैध अर्थतन्त्र प्रोत्साहीत गर्ने, कालोबजारी, तस्करी लगायत गतिविधिलाई प्रोत्साहीत गर्दा अर्थतन्त्रको अवस्था दयनीय बनेको बताए ।
महासचिव पोखरेलले भनेका छन्, ‘पाँच दलीय गठबन्धनले मुलुकमा एउटा आर्थिक अवस्थामा जटिलता सिर्जना गर्ने काम गर्यो । त्यो भनेको यो मुलुकमा अवैध अर्थतन्त्र प्रोत्साहीत गर्ने, कालोबजारी, तस्करी प्रोत्साहित गर्ने क्रियाकलापका कारणले नेपालमा राष्ट्र बैंकले जारी गरेका नोटहरु अचानक बजारबाट हराए । न बैंकमा नेपाली रुपैयाँ पाइन्छ, न बजारमा नेपाली रुपैयाँ पाइन्छ । एक प्रकारले मुलुकमा मौद्रिक तरलताको संकट ल्याउने काम सरकारले गरेको छ । कांग्रेस, माओवादी नेतृत्वको सरकारले गरेको छ । त्यो प्रमाणित भइसकेको छ । त्यस्ता समस्याको समाधान गर्ने सामर्थ कसैले गर्छ भने त्यो एमालेले मात्रै गर्छ । हामीले नेकपा एमालले देशको बलियो राष्ट्रिय शक्ति बनाउनुपर्नेछ । मुलुकमा राजनीतिक अस्थिरतालाई अन्त्य नगरी दिगो विकासको आधारशीला तयार गर्न सकिँदैन । एमाले बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित नभइकन देश निर्माणको राष्ट्रिय आकंक्षा पूरा हुन सक्दैन । मुलुकलाई अघि बढाउन नेकपा एमालेलाई बलियो राष्ट्रिय शक्तिका रुपमा विकसित गर्न जरुरी छ ।’
यस क्रममा महासचिव पोखरेलले मुलुकलाई राजनीतिक स्थायित्व दिन नसक्दा देश बन्न नसकेको भन्दै टिप्पणी गरेका थिए ।