नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल राष्ट्रिय विभूति भएको वताउनुभएको  

संस्थापक महासचिव पुष्पलालको ४५औं स्मृति दिवसको अवसरमा पुष्पलालको जन्मथलो रामेछापको भँगेरीमा आयोजित कार्यक्रममा महासचिव पोखरेलले रामेछापका तीनलाल पुष्पलाल, गंगालाल सुब्बा कृणलालको लोकतान्त्रिक आन्दोलनमा ठूलो भूमिका रहेको वताउनुभयो  

पुष्पलाल गंगालालले राजनीतिको माध्ययमबाट अनि कृष्णलालले साहित्यको माध्यययमबाट लोकतान्त्रिक आन्दोलनमा ठूलो भूमिका खेलेको उहाँले बताउनुभयो  

महासचिव पोखरेलले संस्थापक महासचिव पुष्पलालको जन्मथलो भँगेरी समग्र रामेछापको विकासका लागि  दलगत स्वार्थभन्दा माथि उठ्नुपर्नेमा जोड दिँदै रामेछापलाई राजनीतिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्ने भनाइ राख्नुभयो  

पुष्पलालको सम्झना गर्दै महासचिव पोखरेल विश्व कम्युनिस्ट घोषणापत्र नेपालीमा अनुवाद रूपान्तरण गर्नुका साथै २००६सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नुभएको सोही पार्टीको निरन्तरताका रूपमा अहिले नेकपा (एमाले) रहेको वताउनुभयो  

पुष्पलालको भग्नावशेष जन्मघरको माटोमाथि उभिएर महासचिव पोखरेलले पुष्पलालको जन्मथलोमा तीनलालको शालिक स्थापना गर्नुपर्नेमा जोड दिनुभयो  

पुष्पलालको ऐतिहासिक विरासत धानेको पार्टी एमाले हो भन्ने कुरा यहाँसम्म आएर गरेको कार्यक्रमले पनि देखाउँछ,’ महासचिव पोखरेलले यस ठाउँलाई राजनीतिक पर्यटकीय स्थलको रूपमा विकास गर्न सबै राजनीतिक दलको सहयोग आवश्यक हुने बताउनुभयो  

महासचिव पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डनेपाली जनताका लागि नभई विदेशीका लागि मात्रै कम्फर्टेबल बनेको भन्दै कम्युनिष्टका नाममा प्रचण्ड वा माधव नेपालबाट देश जनतालाई कुनै फाइदा नहुने बताउनुभयो उनीहरूमा जनताको सेवा गर्ने कुनै दृष्टिकोण नै नभएको भनाइ महासचिवले राख्नुभयो

महासचिव पोखरेलले देश बनाउने हो भने छिमेकीलाई हेरेर हुँदैन, आफ्नै देशलाई हेर्नुपर्ने वताउँदै  देशको विकास समृद्धिका लागि बलियो राजनीतिक शक्ति आवश्यक भन्नुभयो  

उहाँले कम्युनिष्ट पार्टीको सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउन हिँडेका माधव नेपाल अवसरवादको दलदलमा फसेका एमालेलाई हराउन हाम्रो भूमिका महत्वपूर्ण भन्दै सत्ताको बार्गेनिङमा लागेको वताउनुभयो एमालेलाई समाप्त पार्ने कांग्रेससँग सत्ताको बार्गेनिङ गर्ने व्यक्ति पार्टी कम्युनिष्ट हुन नसक्ने उहाँको भनाइ  

सबै देशभक्तहरू एमालेको झण्डामुनी गोलबन्द हुनु आवश्यक 

महासचिव पोखरेलले यतिबेला दुई खाले आर्थिक सङ्कटबाट मुलुक अघि बढिरहेको वताउँदै मुलुकबाट नीतिगत विचलनको अन्त्य गर्न   वैदेशिक हस्तक्षेप रोक्न बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको वताउनुभयो उहाँले त्यसका लागि एमालेको झण्डामुनी गोलबद्ध हुन सबै देशभक्त राजनीतिक नेताकार्यकर्तालाई आग्रह गर्नुभयो  

राजनीति अस्थिरता हटाउने सरकार मुलुकलाई चाहिएको त्यो भनेको देशभक्तहरू एमालेको झण्डामुनि आउनुपर्छ,’ उहाँले भन्नुभयोत्यसका लागि राजनीतिक धु्रवीकरण अघि बढाउँ पुष्पलालले बनाएको पार्टी वरिपरि बसौँ  

कार्यक्रममा महासचिव लगायत नेताहरूले पुष्पलालको शालिकमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो भँगेरीमा नेताहरूको सहभागितामा वृक्षरोपण गरिएको थियो भने कम्युनिष्ट आन्दोलनमा योगदान गर्नुभएका ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको थियो  

नेकपा (एमाले) केन्द्रीय कमिटीद्वारा आयोजित तथा पार्टीको रामेछाप जिल्ला कमिटीद्वारा व्यवस्थापन गरिएको कार्यक्रम जिल्ला अध्यक्ष आनन्द श्रेष्ठको अध्यक्षतामा भएको थियो  

कार्यक्रमा पार्टी स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेशका इञ्चार्ज गुरु बराल, स्थायी कमिटी सदस्यद्वय लालबाबु पण्डित, कर्णबहादुर थापा, पोलिटव्युरो सदस्य कमल चौलागाई, सुजिता शाक्य, शान्ता चौधरी, लिला भण्डारी, केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज गणेश पहाडी, भक्तपुर इञ्चार्ज कैलाश ढुङ्गेल, सिन्धुली इञ्चार्ज खेम लोहनी, केन्द्रीय सदस्य माधव ढुङ्गेल, गीता कार्की, पार्टीका बाग्मती प्रदेश अध्यक्ष केशव पाण्डे, सम्पर्क समन्वय कमिटीका अध्यक्ष श्याम बस्नेत लगायतको उपस्थिति रहेको थियो

महत्वपुर्ण लिंकहरु