धनगढी । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले उहाँले वर्तमान सरकार जनताप्रति उत्तरदायी र संवेदनशील नभएको वताउनुभएको छ ।  

नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीको आजदेखि सुरू भएको प्रथम अधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली जनताका लागि होइन, विदेशीका लागि कम्फर्टेबल भएको बताउनुभयो । 

महासचिव पोखरेलले इजरायलमा भएको हिंसात्मक घटनामा परी नेपाली विद्यार्थीहरू समस्यामा पर्दा समेत सरकारले ठोस पहल कदमी चाल्न नसकेको भन्दै उक्त घटनामा सरकार बेखवर जस्तै बनेको बताउनुभयो ।

‘इजरायलमा रहेका नेपाली विद्यार्थीहरू हमासको आक्रमणको शिकार भएका छन्, उनीहरुको नियन्त्रणमा छन् तर सरकार आफ्ना नागरिक के कस्तो अवस्था छन् भन्ने कुरामा बेखवरजस्तै छ’, महासचिव पोखरेलले भन्नुभयो, ‘यो सरकार नेपाली नागरिकका समस्या र पीडाप्रति संवेदनशील छैन भन्ने यस घटनामा गम्भीर र चिन्तित नदेखिएबाट पुष्टि हुन्छ ।

नेकपा (एमाले)ले देशको विकास र समृद्धिको आधार तय गरिरहेको बेला आफ्नै पार्टीको सरकारलाई एक्लाउन लागेकाहरूलाई जनताले राष्ट्रिय पार्टी समेत नबनाएको स्मरण गर्दै महासचिव पोखरेलले एमाले पहिलो पार्टी मात्रै भएर हुँदैन, अब एकल बहुमतको सरकार बनाउन सक्ने गरी अगाडि बढ्नुपर्छ भन्नुभयो । 

प्रधानमन्त्री प्रचण्डले गरेको विदेश भ्रमणबाट देशलाई कुनै फाइदा नभएको उहाँको भनाइ छ । 

महासचिव पोखरेलले देश र जनताको लागि एमाले बाहेक अरू कुनै पनि पार्टीले केही गर्न नसक्ने वताउनुुभयो । 




महत्वपुर्ण लिंकहरु