१५ साउन, २०८१ । दाङ ।  नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले लोकतन्त्रको स्थायित्वका लागि एमाले र काँग्रेस बीच सत्ता सहकार्य भएको बताउनुभएको छ । 

प्रेस चौतारी दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले राजनीतिक अस्थिरताका कारण लोकतन्त्रमाथि नै प्रश्न उठ्न थालेपछि लोकतन्त्रलाई बलियो बनाउन एमाले र काँग्रेस मिल्नुपरेको स्पष्ट गर्नुभयो । राजनीतिक अस्थिरताले अहिलेको व्यवस्थामाथि नै अविश्वास पैदा हँुदै गएकाले अस्थिरता अन्त्य गर्ने उपायको खोजीमा एमाले–कांग्रेस रहेको उहाँले बताउनुभयो । 

महासचिव पोखरेलले राजनीतिक अस्थिरताको एउटा कारण धेरै दल हुनु पनि भएकाले राष्ट्रिय दल बन्नका लागि हाल संविधानमा रहेको ३ प्रतिशतको थ्रेसहोल्ड बढाउनुपर्ने बताउनुभयो । 

त्यसका लागि संविधान संशोधन गर्नुपर्ने र एमाले एक्लैले मात्र त्यो सम्भव नभएकाले अर्को ठुलो दल नेपाली कांग्रेससँग समझदारी गर्नुपरेको उहाँले स्पष्ट गर्नुभयो । 

महासचिव पोखरेलले धेरै र साना दल हुँदा सरकार गठनमा साना दलले बार्गेनिङ गर्ने गरेकाले सरकार अस्थिर हुने गरेको बताउनुभयो । 


महत्वपुर्ण लिंकहरु