काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष दाङका राजनीतिक नेता, सांसद र स्थानीय तहका जनप्रतिनिधि एवं निजी क्षेत्रका प्रतिनिधिले तुलसीपुरको टरीगाउँ विमानस्थल स्तरोन्नतिसहित जिल्लाको समग्र आर्थिक र भौतिक विकासबारे ध्यानाकर्षण गराउनुभएको छ ।

प्रधानमन्त्री ओलीलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, सङ्घीय सांसदहरू दीपक गिरी र मेनका पोखरेल, एमाले केन्द्रीय सदस्य घनश्याम पाण्डे, तुल्सीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का, उपप्रमुख स्यानी चौधरीलगायतले भेट गरी सो माग प्रस्तुत गर्नुभएको हो । 

मागपत्र बुझेपछि प्रधानमन्त्री ओलीले उक्त विमानस्थल स्तरोन्नतिका साथै लमही–घोराही–तुल्सीपुर सडक विस्तारका काममा  सरकारले ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 


महत्वपुर्ण लिंकहरु