काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेल बेलायत र कतारमा आयोजना हुने विभिन्न कार्यक्रममा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । 

उहाँले प्रवासी नेपाली मञ्च बेलायत राष्ट्रिय कमिटीको अधिवेशनलार्ई उद्घाटन तथा सम्बोधन गर्नुहुने छ । 

महासचिव पोखरेलले भ्रमणका क्रममा बेलायतस्थित कार्लमाक्र्सको समाधीमा पुष्प अर्पण गर्नुहुने छ । 

उहाँ बेलायत भ्रमणमा रहँदा बेलायतको ‘कम्युनिष्ट पार्टी अफ ग्रेट ब्रिटेन’को नेतृत्वसँग छलफल, ‘मोन्टफर्ट विश्वविद्यालय’को अवलोकन, बेलायतमा रहेका विभिन्न नेपाली जनसङ्गठन तथा संंघ–संस्थाहरूसँग छलफल, भेटघाट र अन्तरक्रिया, बेलायतस्थित नेपाली समुदायले आयोजना गर्ने कार्यक्रमहरूमा सरिक रहनुुुहुने छ । 

महासचिव पोखरेल बेलायतपछि कतारमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुनुहुने छ । मध्यपूर्वमा अत्यधिक नेपाली श्रमिकहरू कार्यरत रहेको सन्दर्भमा उहाँले कतारस्थित नेपाली श्रमिकहरूका समस्याबारे छलफल, विमर्श गर्नुका साथै श्रमिक समुदायलाई सम्बोधन गर्नुहुने छ । 

भ्रमण टोलीमा नेकपा (एमाले) पोलिटब्यूरो सदस्य सुजिता शाक्य लगायत सहभागी हुनुहुन्छ । 

त्यस्तै महासचिव पोखरेल बेलायतमा रहँदा नेकपा (एमाले) युरोप ईञ्चार्ज घनश्याम पाण्डे, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा लगायत सहभागी रहनुहुने छ । 

महासचिव पोखरेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टी स्थायी कमिटी सदस्य एवं सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारी, कार्यालय सचिव डा. भीष्म अधिकारीलगायत नेताहरूले बिदाइ गर्नुभएको थियो । महासचिव पोखरेलको यो भ्रमण १० दिनको हुने छ । 



महत्वपुर्ण लिंकहरु