२४ भदौ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैवाहिक अंगीकृत नागरिकताका विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो दृष्टिकोण बदल्नु रहस्यमय भएको बताएका छन् । शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै महासचिव पोखरेलले तत्कालिन नेकपा विभाजन नहुँदा प्रचण्ड पनि वैवाहिक अंगीकृत नागरिकतामा ७ वर्षे प्रावधानको पक्षमा रहेको बताए ।

महत्वपुर्ण लिंकहरु