काठमाडौं । दाङमा मनोनयन दर्ता सकेर काठमाडौं ओर्लिएलगत्तै नेकपा एमालेका महासचिव शंकर पोखरेल अनलाइनखबरसँग अन्तर्वार्ताका लागि तयार भए । यसअघि प्रदेशसभामा चुनाव लडेर लुम्बिनीको पहिलो मुख्यमन्त्री बनेका उनी यसपल्ट प्रतिनिधिसभामा आउने कोशिसमा छन् ।
पोखरेल दाङ २ बाट सत्ता गठबन्धनकी माओवादी उम्मेदवार रेखा शर्मासँग प्रतिस्पर्धा गर्दैछन् । आसन्न चुनावका लागि एमालेको टिकट वितरणमा उनी अध्यक्ष केपी ओलीपछि सर्वाधिक हाबी भएको चर्चा छ ।
त्यसै सन्दर्भमा हाल टिकट वितरणमा उत्पन्न असन्तुष्टि र विद्रोह, कांग्रेस माओवादीसहितको गठबन्धनविरुद्ध एमालेले बनाएको अर्को गठबन्धनलगायत विषयमा पोखरेलसँग अनलाइनखबरका बसन्त बस्नेतले गरेको कुराकानी :